देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रभु बैंकका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट

देशान्तर

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकहरूले स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट प्राप्त गर्ने भएका छन्।

प्रभु बैंक र वन्डर्स नेपाल प्रालिबीच बैंकका ग्राहकलाई टिकट खरिदमा १० प्रतिशतसम्म छुट दिनेगरी दुईपक्षीय समझदारी भएको हो। सो समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख मार्केटिङ अफिसर रविन्द्र ढकाल र स्काइवाकका तर्फबाट कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन्। साथै बैंकका कर्मचारीले समेत कमलादीस्थित स्काइवाक टावरको टिकट खरिदमा छुट पाउनेछन्।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंकको मान्य डेबिट-क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने बैंकले जनाएको छ। स्काइवाक टावर कुल ७८ दशमलव पाँच मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको तीनसय ६० डिग्रीमा द्दश्यावलोकन गरी मनोरञ्जन लिन सकिन्छ।

प्रभु बैंकद्वारा यस किसिमका ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौताहरु देशभरका विभिन्न अस्पताल,रेष्टुरेन्ट, होटल,पार्लर,डिपार्टमेन्टल स्टोरहरु लगायत अन्य व्यापारिक इकाइहरुमा समेत रहेको छ। प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३ सय २ शाखा कार्यालय, २ सय ८५ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।