देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शैक्षिक क्षेत्रमा काम गर्दै आएको आईसीसीसी सामाजिक काममा पनि सक्रिय बन्दै 

देशान्तर

 काठमाडौँ  ।  नयाँ बर्षको अवसरमा इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (आईसीसीसी) ले रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । क्यानडा अध्ययन सम्बन्धी भरपर्दो शैक्षिक परामर्श केन्द्र आईसीसीसीले आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ जनाभन्दा बढी रक्तदाताहरुले रक्तदान गरेका छन् । नेपाल मेडिकल कलेज (एनएमसी) ब्लड बैङ्कसँगको सहकार्यमा बिहान १० बजेदेखि सुरु भएको रक्तदान कार्यक्रम दिउसो १ बजेसम्म चलेको थियो । आईसीसीसीले शिक्षा क्षेत्रमा गरेको महत्त्वपूर्ण योगदानसँगै सामाजिक काममा पनि लाग्ने उद्देश्य अनुरूप रक्तदान कार्यक्रमको आयोजना गरेको आईसीसीसीका निर्देशक राम खड्काले बताए । खड्काले आईसीसीसी जिम्मेवार भएर शिक्षाको क्षेत्रमा काम गरिरहँदा अब भोलीका दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिने बताए । त्यस्तै आईसीसीसीका म्यानेजर अमित श्रेष्ठले नेपाली विद्यार्थीलाई अध्ययनका लागि क्यानडा पठाउने संस्थाको रूपमा परिचित आईसीसीसीले आफूलाई समाजमा अन्तर घुलित गराउन रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

यो नयाँ वर्षको सुरुवात हामीले सामाजिक कार्य गरेर गरेका छौँ । आईसीसीसीले आफ्नो सामाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्छ भन्ने हिसाबले हामीले रक्तदान कार्यक्रमको आयोजना गरेका हौँ ।’, श्रेष्ठले भने, ‘हामी मात्र होइन सम्पूर्ण नेपालीहरू यो र यस्तै सामाजिक कार्यमा लाग्नुपर्छ भन्ने हामीलाई लागेको छ । हेर्दा सामान्य जस्तो देखिए पनि यो रगतले कसैको जीवन जोगाउँछ । हामीले रगत दान मात्र गरेका छैनौँ, कसैलाई जीवन दान पनि दिएका छौँ । आईसीसीसीले सबै दाताहरूका लागि सुरक्षित र स्वच्छ वातावरण उपलब्ध गराएर उदाहरण प्रस्तुत गरेको छ । यस नयाँ वर्षमा सबै कुरा बिर्सिएर मानवतालाई नजिक ल्याउने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको आइसीसीसीले जनाएको छ ।

आईसीसीसीले नेपालबाट अध्ययनका लागि क्यानडा जान चाहने विद्यार्थीलाई सही परामर्श दिनुका साथै क्यानडामा भएका विद्यार्थीलाई सहजिकरण गरिदिने गरेको छ । आईसीसीसीमा शैक्षिक परामर्शसँगै भिसाको पूर्व तयारी कक्षा, डकुमेन्टेशन र भिसा एप्लाई लगायतका काम हुँदै आएका छन् । साथै, आईसीसीसी नेपालकै सबैभन्दा राम्रो र भरपर्दो शैक्षिक कन्सल्टेन्सीको रूपमा स्थापित छ । आईसीसीसीले चाबहिलसहित काठमाडौँको कमलादी, काठमाडौँको पुतलीसडक, पोखरा, बुटवल, चितवन, इटहरी, झापाबाट नेपाली विद्यार्थीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।