देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रास्वपा कि सहकारी ठग पार्टी ?

देशान्तर


काठमाडौं । पुराना राजनीतिक दलका नेताहरूले केही गरेनन्, अब नयाँ र युवाको नेतृत्वमा देश अघि बढ्नुपर्छ भन्दै टेलिभिजन कार्यक्रममा चर्को आवाजमा चिच्याउने प्रस्तोता रवि लामिछानेले अन्ततः रास्वपा पार्टी गठन गरेर छोटो समयमा नेपालको संसदीय अभ्यासमा चौथो ठूलो पार्टीको रूपमा स्थापित गरे । ‘जान्नेलाई छान्ने’ भन्दै २०७९ को चुनावमा २० सिट जितेको रास्वपाले उपनिर्वाचनमा थप एक सिट जित्दै अहिले संख्या २१ पु¥याएको छ । राष्ट्रिय राजनीतिमा आशा गरेका भनिएका रवि र उनको टिम दिनप्रतिदिन सहकारी ठगी काण्डमा मुछिँदै जाँदा ‘रास्वपा कि सहकारी ठग पार्टी’ भन्ने आवाज आमजनताले उठाउन थालेका छन् ।


विवादस्पद छविका रवि सुरुमा नागरिकता र पासपोर्ट काण्डमा परेर एक पटक गृहमन्त्री र संसद् पद नै गुमाएका उनी पुनः उपनिर्वाचनबाट आएका थिए । उनी ग्यालेक्सी टेलिभिजन खोल्दाका साझेदार जीबी राईसहित सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्ति हुन् । स्वयं गृहमन्त्री आफैं हुँदा जीबीलाई पक्राउ गर्न सकेका छैनन् भने दिनदिनै उनले सहकारी ठगी प्रकरणमा आरोप खेप्दै पनि आइरहेका छन् । उनीमात्रै होइन, उनकै पार्टीका उपसभापति र महामन्त्री पनि सहकारी ठगी प्रकरणमा जोडिएका बेला पत्नीको समेत सहकारी ठगी प्रकरणमा नाम जोडिएर आएको छ ।
देशलाई नयाँपन दिने भनेर आएको रास्वपा अहिले ‘नो नट अगेन भन्नेहरूकै’ फेरो समाएर आफ्ना कर्तुतहरू लुकाउनका लागि सरकारमा जुका टाँस्सिए जसरी बसेको छ ।


सरकारको उपप्रधानसहित गृहमन्त्री रहेका रास्वपा सभापति लामिछाने एकपछि अर्को गर्दै विभिन्न प्रकरणमा मुछिँदै आएका व्यक्ति हुन् । उनी केही समय यता, सहकारी ठगी प्रकरणमा मुछिएका छन् । उनलाई पछिल्लो समयमा जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्कमा आबद्ध भएका सबै सहकारीको रकम अपचलन सहभागी भएको आरोप लगाइएको छ । उनीमाथि छानबिनको माग संसद्मै दिनहुँ उठिरहेको छ । यस विषयमा कांग्रेसले मागेको जस्तो छानबिन समिति गठन हुँदा अप्ठेरोमा पर्ने भएकाले दिनहुँ माओवादी र एमालेको चाकडी गर्नमै व्यस्त छन् ।


लामिछाने प्रबन्ध निर्देशक र जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्कमा काठमाडौंको स्वर्ण लक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको सहारा, वीरगन्जको सानो पाइला, बुटवलको सुप्रिम र नेपालगन्जको समानता सहकारीबाट रकम अपचलन गरेको आरोप छ । यसलाई पुष्टि हुने दस्ताबेज पनि सार्वजनिक भइसकेको भन्दै लामिछानेमाथि कारबाहीका लागि छानबिन हुनुपर्ने माग उठिरहेका बेला उनकी श्रीमती निकिता पौडेल पनि सरकारी ठगी प्रकरणमा तानिएकी छन् । निकिता यसअघि उपाध्यक्ष रहेको भनिएको सहकारीमा सहकारी विभागसहित काठमाडौं महानगरपालिकाको टोलीले छापा मारेको छ ।


महानगरपालिकाले गृहमन्त्री लामिछानेकी पत्नी निकिता पौडेलको साई स्वागत बचत तथा ऋण सहकारीमा छापा मारेको हो । महानगरपालिकाको सहकारी विभागले लामो समयदेखि बचतकर्ताको उजुरीका आधारमा सहकारीमा बुधबार विभागका कर्मचारी, महानगर प्रहरीसहित टोलीले छापा मारेको जनाइएको छ । महानगरको अनुगमन टोलीका एक सदस्यका अनुसार बिजुली बजारमा रहेको सहकारी कार्यालयबाट पछिल्लो साधारणसभाको उपस्थिति निर्णयसहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण ल्याएको छ । यस्तै धेरै ऋण लैजाने ऋणी, सञ्चालक समितिका सदस्यहरूको विवरण पनि टोलीले ल्याएको छ । सहकारीको सफ्टवेयर सिस्टम पनि महानगरको टोलीले ल्याएको हो ।


महानगरपालिका अनुसार धेरै उजुरी आएका ४० सहकारीमध्ये साई स्वागत बचत तथा ऋण सहकारी पनि एक हो । महानगर सहकारी विभागमा उपाध्यक्ष पौडेल जमानी बसेर ऋण दिएको मान्छे नै भागेको भन्दै उजुरी आएको थियो । विभागका अनुसार बचतकर्ताले सञ्चालक समितिबाट रकम हिनामिना गरेको भन्दै बचत फिर्ता दिन महानगरमा उजुरी दिएका थिए । यसरी उपप्रधान र गृहमन्त्रीसमेत रहेका पति रवि लामिछानेकै श्रीमती निकिता पनि सहकारीमा मुछिएको भनेर खबर सार्वजनिक भएलगत्तै उनी सभापति भएको पार्टी रास्वपाका उपसभापति एवं श्रममन्त्री डीपी अर्याल र सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी पनि सहकारीको साढे ४ करोड बचत हिनामिनामा तानिएका छन् ।


उनीहरूलाई कारवाही र अनुसन्धान गर्न पीडितले सीआईबीमा उजुरी दिएपछि यो विषय बाहिर आएको हो । काठमाडौंमा कार्यालय रहेको ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’ मा डेढ वर्ष अघिसम्म अर्याल उपाध्यक्ष र बुर्लाकोटी सञ्चालक रहेको खुलेको छ । त्यही अवधिदेखि नै सहकारीले रकम फिर्ता नदिएको भन्दै पीडितले उजुरी दिएका छन् । पछिल्लो पटक चर्चामा आएको ‘हाम्रो नयाँ कृषि सहकारी’मा माओवादीका उपमहासचिव एवं ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा स्थापना भएको थियो । माओवादी नेता बस्नेत नेतृत्वको यो सहकारी २०७० साल जेठ १३ मा डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएर देशैभरि काम गर्ने अनुमति पाएको थियो । यो सहकारी संकटमा परेपछि उनीमाथि पनि प्रश्न उठेको छ । अहिले सहकारी विभागको पत्रका आधारमा सीआईबीले पनि अनुसन्धान अघि बढाएको छ ।

यसरी देशैभरि सहकारी ठगी गर्ने जीबी राई समूहका अन्य सदस्य यो सहकारीमा पनि जोडिएपछि रास्वपा थप नेता यो प्रकरणमा जोडिने देखिएको छ । अझ बुझिनसक्ने कुरा त के छ भने सहकारी ठगीमा तानिएका रास्वपाका नेताहरूले नै सहकारीमा ठगी भयो भनेर यसमा देखिएका समस्या समाधान गर्न पार्टीकै तर्फबाट प्रधानमन्त्रीलाई प्रतिवेदन पनि बुझाएका छन् । अहिले सहकारीमा देखिएको समस्या समाधान गर्न आफैं लागेका छौं भन्नुको पछाडि उनीहरू आफू कसरी बच्ने भन्ने उपायको खोजीमा रहेको प्रस्टै हुन्छ । सरकारी प्रकरणलाई लिएर गृहमन्त्री रवि लामिछाने राजीनामा दिनुपर्ने कुरा उठिरहेका बेला सो पार्टीका उपसभापति एवं श्रममन्त्री डीपी अर्याल पनि यही लाइनमा आइपुगेका छन् । उनले त आफू पनि सहकारीबाट पीडित भएको र आफ्नो फसेको पैसा उठाइदिनेलाई २–३ लाख इनाम दिने भनेर बताएको अडियो पनि अहिले चर्चामा रहेको छ ।