देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पतिपत्नीको झगडाले नाउपा सकिदै

देशान्तर


काठमाडौं । नपाउनेले छोरो पायो, खेलाई खेलाई मा¥यो, भन्ने नेपाली उखान यतिबेला सहानुभूतिको मतले एक्कासि राजनीतिमा उदाएको र हाल चरम घरझगडाका कारण सकिने बाटो उन्मुख क्षेत्रीय पार्टी नागरिक उन्मुक्तिमा लागू भएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र उनकी श्रीमती अध्यक्ष रञ्जिता श्रेष्ठ बीचको घरझगडा पार्टीका निर्वाचित सांसदहरूलाई निलम्बन र कारबाहीको तहमा पुगेपछि यो पार्टी सकिने बाटोमा हिँडेको हो ।


विद्यमान खराब निर्वाचन प्रणालीका कारण सरकार गठनका लागि बहुमत जुटाउन संख्या जोरजाम गर्नुपर्ने बाध्यताका कारण केही समय भए पनि सत्ताको तर मारेर झन्डा हल्लाउने मौका पाएकी रञ्जिता यतिबेला प्रदेशका फरक मत राख्ने सांसदलाई कारबाहीमा उत्रेकी छन भने रेशम बचाउमा । नयाँ गठबन्धनमा रहेकी रञ्जिता पार्टी सकिए पनि सकियोस् सत्ता प्राप्तहोस् भन्ने ध्याउन्नमा लागेकी हुन् । यसका लागि उनले सुदूर पश्चिम प्रदेशमा राज्यमन्त्री समेत रहेकी समानुपातिक सांसद इन्दिरा गिरीलाई पदमुक्त गरिसकेकी छिन् । यता गिरीले आफू माथि अन्याय भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । रञ्जिताले नाउपाबाट आर्थिक मामिला मन्त्रीसमेत रहेका घनश्याम चौधरीलाई संसदीय दलको नेताबाट हटाउँदै थप कारबाही स्वरूप तीन महिनाको लागि सांसदबाटै निलम्बन गरेकी थिइन् भलै उनको पद कायमै रहेको सभामुख भीमबहादुर भण्डारीले बताएका छन् । श्रेष्ठले सांसदलाई कारबाही गरी कार्यान्वयनको लागि सिफारिस गरिएको पत्र निष्प्रभावी भएको हो ।
नयाँ सत्ता गठबन्धन बनेपछि पार्टी संरक्षक चौधरी र पार्टी अध्यक्ष श्रेष्ठ बीच सरकारमा जानेबारे मत भिन्नता बढेपछि नाउपा विवादले उग्ररूप लिएको हो । मतभेद दुई पक्षबीच कुटाकुटको अवस्था सम्म पुगेर अब पार्टी सकिने बाटो तर्फ गएको छ । एकपछि अर्को गर्दै श्रेष्ठले प्रदेश सांसदलाई कारबाही गर्न थालेपछि नागरिक उन्मुक्तिका नेता तथा प्रदेश सांसदहरू आक्रोशित भएका छन् । सुदूर पश्चिम प्रदेशका सामाजिक विकास मन्त्री समेत रहेका लक्ष्मणकिशोर चौधरीले त अध्यक्षको मानसिक असन्तुलन समेत रहेको छ कि भन्ने शंका गर्ने बेला आएको कडा प्रतिक्रिया दिएका छन् । गत पुसमा भएको पार्टीको पहिलो महाधिवेशनबाट श्रीमतीलाई हटाएर रेशम सर्वसम्मत अध्यक्ष चुनिएपछि सुरु भएको दरार शक्ति संघर्षमा रहेका श्रीमान्–श्रीमतीका कारण पार्टी विघटन तर्फ बढेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।