देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ब्रह्माण्डको खोजी



खण्ड ख
गएको अंकमा हामीले पुरातनवादी सिद्धान्तहरूको आधारमा केही चर्चा ग¥र्यांै । पुरातनवादी सिद्धान्तहरूको आधार भन्नाले आलेखकारको बुझाइमा पुरानो भौतिक शास्त्र जुन तीन, चार सय वर्षअगाडि प्रतिपादित सिद्धान्त र त्यसबाट मुखरित आजको विकासक्रम र विज्ञानका पिता, पितामह भन्दै हासिल गरेको उपलब्धि र त्यही उपलब्धिमा टेकेर लेखिएका विज्ञानका वर्णविन्यास । हामीले कुदाइरहेका मोटरगाडी मात्र नभएर रकेट साथै भूगोल बाहिरका स्पेस साइन्सका उपलब्धिमा हामी रमाएका छौं । तर Quantium Physics बुझ्नका खातिर आजको अंकमा आयामको बिषयमा चर्चा गर्ने प्रयास गरेको छु ।
हामीले बुझ्दा कलमले कापीमा एउटा थोप्लो अर्थात् बिन्दु बनायौं भने त्यो शून्य हो । अब फेरि कापीमा एउटा गोलो बनायांै भने कापीमा बनाएको त्यो अलिक ठूलो गोलाकार पनि शून्य नै हो । अझ भकुण्डोलाई हेरौं त्यो पनि शून्य नै हो । भकुण्डोलाई आफूभन्दा टाढाटाढा राखेर हेर्ने हो भने त्यो सानोसानो हुँदै जान्छ र एउटा दूरीमा पुगेपछि कापीमा बनाएको ठूलो गोलाकारजस्तै देखिन थाल्छ र बिस्तारै अझ परपर लाने हो भने कापीमा कलमले कोरेको सानो बिन्दु जस्तैः देखिन थाल्छ । पहिलो आयाम, कापीमा कलम चोप्दा बन्ने बिन्दुलाई अगाडि बढाउँदै लाने हो भने, त्यहाँ रेखा बन्छ ।

हजारांै, लाखौं बिन्दुहरूबाट एउटा रेखा बन्छ । त्यो रेखाको सुरुदेखि अन्त्यसम्म अगाडि जाने र पछाडि आउने दुईतर्फको बाटो बन्छ । बनेको त्यही रेखामा हामी अगाडि वा पछाडि दुवैतर्फ जान सक्छौं र त्यो नै पहिलो आयाम हो । पहिलो आयाममा हामी अगाडि जान सक्छौ र पछाडि आउन सक्छौ । यो आयामको सीमितता भनेको नै अगाडि वा पछाडि भन्ने पनि हो ।
यस्तै अर्को रेखा पुरानो रेखालाई काटेर बनायौं भयो भने अब हामी अगाडि पछाडि मात्र नगरी दायाँ र बायाँ पनि गर्न सक्छौ । अब हामी अगाडिपछाडि र दायाँबायाँ दुवै गर्न सक्छौ । जसरी एउटा चिप्लेकिरा अगाडिपछाडि वा दायाँबायाँ हिँड्न सक्छ । यसैले हामी चिप्ले किरालाई दुई आयाममा बाँच्ने तीन आयामको शरीर भएको जनावर मान्न सक्छौ । चिप्ले किरा उड्न सक्दैन र उसलाई उड्न नि सकिन्छ भन्ने चेतना छैन । हिँडिरहेको चिप्ले किरालाई हामीले माथिबाट छोयौं भने त्यो डल्लो परेर बस्छ । किनकि उसलाई सायद माथि पनि हुन्छ भन्ने बुझाइ नहुन सक्छ । जे नबुझेको छ त्यो कुरा थाहा हँुदा अचम्म लाग्दछ । सायद त्यसैले पनि चिप्लेकिरा मानिसले माथिबाट छुँदा अचम्मित भएर डल्लो परेको हुनुपर्दछ । मानिस दायाँबायाँ र अगाडिपछाडि मात्र होइन तलमाथि पनि गर्न सक्दछ । जस्तैः चरा आकाशमा उड्ने र पृथ्वीमा बस्ने अनि अगाडिपछाडि दायाँबायाँ सबै गर्न सक्ने प्राणी हो । यस्ता जनावरहरूलाई हामी तेस्रो आयाममा बाँचिरहेका जनावर भन्न सक्छौ । मानिस तेस्रो आयाममा बाँचिरहेको चेतनशील प्राणी हो । त्यसैले हामीलाई लाग्छ यहाँ तलमाथि दायाँबायाँ र अगाडिपछाडि सबै गर्न सक्ने हामी चिप्ले किराभन्दा धेरै फरक होलाउ । अझ भनांै चेतनशील प्राणीसमेत भएकोले हामी प्रकृतिको उत्कृष्ट प्राणी नै हौ ।


तर के तीन वटा मात्र आयाम छन् भन्ने गम्भीर प्रश्न छ । हिन्दु ग्रन्थ बेदका अनुसार ६४ थरी आयाम छन् । तर अहिलेसम्मको विज्ञान प्रविधिले ११ थरी आयामको व्याख्या गरिसकेको छ । त्यसो भए हामीलाई जिज्ञासा लाग्दछ चौथो, पाँचौं गर्दै अन्य आयाम के हुन् त ? चौथो आयाम भनेको समय मानिन्छ । मानिस जन्म लिन्छ, बालकबाट बढ्दै बढ्दै जान्छ र ऊ जवान हुँदै वृद्ध भएर मृत्युवरण गर्दछ । यसको अर्थ हुन्छ ऊ समयको सिधा रेखामा अगाडि बढिरहेको छ । मानिसको हातमा समय छैन । यदि मानिस चौथो आयाममा बाच्ँन सक्दथ्यो भने ऊ आफ्नो अतीत, वर्तमान र भविष्य सबै देख्न सक्दथ्यो । हिन्दु धर्म शास्त्रका अनुसार यस्ता सभ्यता भएका मानिसलाई त्रिकालदर्शी भनेर बुझिन्छ । चौथो आयामको सभ्यतामा बाँच्ने मानिस त्रिकालदर्शी भए पनि यो आयामका मानिस समयलाई भने वशमा राख्न सक्ने क्षमताका हँुदैनन् भन्ने बुझाइ छ । किनकि आजसम्म हामीले बुझेको नै के हो भने आमा र बाबुको समिश्रणबाट एककोषीय हँुदै बहुकोषीय बन्दै विस्तार जन्म लिन्छ । जन्म लिँदा नै ऊ समयको सोझो रेखामा नाबालक बालक किशोर हुँदै जवान र वृद्ध भएर देह त्याग हुने तेस्रो आयाममा छ । प्रश्न यहाँ के छ भने उसलाई अन्य जनावरभन्दा म फरक छु भन्ने लाग्दछ । उसले देखेको तेस्रो आयामअनुसार ऊ ब्रह्माण्ड देख्छ, ऊ आफू अगाडिको बस्तुदेखि ब्रह्माण्डसम्मको खोजी तीन आयामभित्रै खोज्छ । उस्ले जे देख्दछ, बुझ्दछ त्यसको लम्बाइ, चौडाइ वा गहिराइभन्दा फरक भएको पनि हुन सक्दछ भन्ने विचार गर्न सक्दैन ।

तर मानांै यदि समय चौथो आयाम हो भने उस्ले अतीत वा भविष्य बुझ्न देख्नमात्र होइन आफैं त्यो अवस्थामा जान सक्ने वा फर्कन सक्ने पनि हुनुपर्ने हो । यद्यपि केही जानकारहरू चौथो आयाममा यो बुझ्न चाहिँ सक्ने तर कार्यान्वयनमा ल्याउन नसक्ने हुनाले पाँचौं आयामको परिकल्पना गर्छन् । तर आलेखकारको बुझाइमा पाँचौं आयाममा पुग्नुभन्दा पहिले यदि समयलाई चौथो आयाममा बुझ्ने हो र सोहीअनुसार बुझ्दै गर्दा केही कुरा आत्मसात् गर्नुपर्ने हुनु पर्दछ । यदि समयको अगाडिपछाडि मात्र गर्न सकिने हो भने कुनै एक व्यक्ति आजभन्दा केही समयअगाडिकै आफ्नो बाबुको बाल्यकालको समयमा पुगेर बाबुको नै बाल्यकालमै हत्या गरिदिन सक्छ त्यसपछि उसले स्वयं कसरी जन्म लिन सक्ला । त्यसैले प्रकृतिका शाश्वतः नियमहरूमा थप विचलन लिएर आउने वा हामी मानव नै तीन आयामभित्र सीमित रहने वा चौथो आयामको बुझाइसम्म पुग्दा रनभुल्ल बन्ने ? विज्ञान खोजी अनवरत राखेर अगाडि बढ्ने विषय हो ।

यदि समय हाम्रो बहसमा रहन्थ्यो भने जीवात्माको मात्र कुरा नगरी एउटा बन्दै गरेको पानीको बाफ पानीभन्दा पहिले बाफ वा बाफभन्दा पहिले पानी वा त्यो व्यक्त वा अव्यक्त अवस्था केमा थियो भन्ने महत्वपूर्ण बन्दछ । यी र यस्ता विषयवस्तु नै मैले अघिल्लो आलेखमा श्रीस्वस्थानी व्रतकथाको पहिलो खण्डमा व्यक्त गरेको पदार्थको व्यक्त वा अव्यक्त रूप हुन्छ भन्ने हो । यहाँ तपार्इंले बुझ्नुपर्ने कुरा के छ भने श्रीस्वस्थानी व्रत कथा नेपाल राष्ट्रको नितान्त मौलिक ज्ञान दर्शाउने ग्रन्थ हो । यसको आधिकारिकता र ट्रेडमार्क नेपाल राष्ट्रमा मात्रै सीमित छ । त्यसैले किताब नै च्यात्ने वर्ग उत्पादनसमेत भएको लज्जास्पद अवस्थासमेत बन्ने गरेको छ नेपालमा । बारम्बार आलेखकार नेपाली वैज्ञानिकहरूलाई यसको विज्ञान खोज्न अपिल गरिरहेका छु । यद्यपि तपाईं पदार्थको अव्यक्त रूपबाट व्यक्त रूप हँुदै ‘बिग ब्याङ्ग’मार्फत यो ब्रह्माण्डको सृष्टि भएको हो भने आजको भौतिक शास्त्र वा बिज्ञान अध्ययन गर्दै हुनुहुन्छ भने पाँचौँ आयामको पनि बुझाइमा जान सक्नु हुनेछ । तर तपाईंले पाँचौं आयाम बुझ्दै गर्दा समानान्तर ब्रह्माण्डको पनि ज्ञान लिनुपर्ने हुन सक्छ भन्ने परिकल्पना गर्नुहोस् ।
क्रमश :
(लेखक बरिष्ठ इन्जिनियर भट्टराई ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल बानका केन्द्रीय अध्यक्ष तथा पूर्वीयदर्शनका अध्येयता हुन् ।)