देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्पादकीय -अमिलो मनकासाथ शुभकामना

देशान्तर


नेपालीहरूको नया“ वर्ष २०८१ सुरु भएको छ । विक्रमसंवत्को नयाँ वर्ष सुरु भएस“गै आम नेपालीले नया“ अपेक्षा, नया“ योजना, नया“ चाहना राख्दै पूरा गर्ने अठोट पनि गरेका छन् । विगतका गल्ती र कमजोरीबाट पाठ सिक्दै नया“ गति, उत्साह र सोचका साथ अगाडि बढ्ने जो कोहीको प्रतिबद्धता हुन्छ । नया“ वर्ष मनाउने क्रममा पनि यस्तै शुभकामना साटासाट भइरहेको छ र सबैले सबैमा उन्नति, प्रगति, उत्साह र उमंगको कामना गरिरहेका छन् । तर, सबै नीतिको मियो मानिने राजनीतिक अस्थिरता र सत्तालिप्साका कारण अमिलो मनका साथ शुभकामना दिनुपर्ने अवस्था सिर्जना भएको छ, यसको प्रमुख दोषी राजनीतिक अस्थिरताका पर्याय माओवादी अध्यक्ष प्रचण्ड भएका छन् ।
नया“ वर्षको सुरुवात केवल समय अगाडि बढ्नुमात्र होइन । समयस“गै आफू, आफ्नो परिवार, समाज अनि देशलाई पनि अगाडि बढाउनु हो । समयको गतिअनुसार चल्न सकिएन भने पुरानो वर्षलाई विस्थापित गर्दै नयँ“ वर्ष सुरु हुनु केबल पात्रो र मिति परिवर्तनमा सीमित हुने छ । समयलाई आफू अनुकूल बनाउ“दै नागरिक, समाज र समग्र देशको हितको पक्षमा लाग्न सके मात्रै नया“ वर्ष सापेक्ष हुनेछ ।
वर्ष २०८० नेपाल र नेपालका लागि उपलब्धिपूर्ण हुन सकेन । आम नागरिकमा आशा जगाउन सकेन । नागरिकमा व्याप्त निराशा थप चुलियो । राजनीतिक दल र नेताहरू तथा सरकारी संयन्त्रप्रतिको भरोसामा वृद्धि हुन सकेन । नयँ“ पुराना जुनसुकै दल र नेताले जस्तोसुकै नारा भजाए पनि नागरिकका लागि जुन जोगी आए पनि कानै चिरेका जस्तो सावित भयो । सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्यमा सरकार खासै प्रभावकारी देखिएन । बरु सार्वजनिक भएका केही ठूला घटनामा राजनीतिक दलका प्रतिष्ठित भनिएका नेताहरूकै संलग्नताले नागरिकमा आक्रोश बढायो । नेताहरू कमाउ धन्दामा मात्रै रुचि राख्छन् भन्ने देखियो ।
अघिल्लो वर्ष तीनै तहको चुनावपछि सरकार फेरिए । स्थानीय तहमा बाहेक प्रदेश र संघमा बारम्बार सरकार परिवर्तन भइरहेका छन् । दलीय समीकरण बदलिएका छन् । एकले अर्कामाथि बदला लिने दाउपेचले सरकार बदलि“दा जीवनस्तर बदल्ने आम नागरिकको अपेक्षामा तुषारापात भइरहेको छ । सत्ताभोगी केही नेताहरूले राजनीतिलाई यति अस्थिर बनाइदिएका छन्, कुन बेला के हुन्छ भनेर अनुमानसमेत गर्न नसकिने भएको छ ।
राजनीतिक अस्थिरताको असर मुलुकको अर्थतन्त्रमा परेको छ । कोभिड महामारीका कारण शिथिल बनेको अर्थतन्त्र अझै उठ्न सकेको छैन । बजार चलायमान हुन सकेको छैन । बैंकमा पैसा थुप्रिएको छ, तर, लगानी गर्न चाहने कोही छैन । लगानी सुरक्षित हुनेमा कोही ढुक्क छैनन् । सरकारले विकास खर्च बढाउनै सकेको छैन । उद्योग धन्दा, कलकारखाना बन्द प्रायः छन् । लाखौं नागरिकको रोजगारी खोसिएको छ । बेरोजगारको संख्या बढिरहेको छ । हातमुख जोर्नकै लागि बिदेसिनु पर्ने अवस्था छ । यी र यस्तै कारणले आम नागरिकमा चरम निराशा छ ।
यस्तो अवस्थामा सुरु भएको नया“ वर्षमाथि यति धेरै जिम्मेवारी छ कि त्यसलाई राजनीतिक दलहरू, तिनै तहका सरकार र सम्पूर्ण राज्यसंयन्त्रले आत्मसात् गरेर व्यवहारमा रूपान्तरण गर्न जरुरी छ । विगतमा के भयो, त्यसलाई गाली गर्नुभन्दा त्यसबाट शिक्षा लि“दै जिम्मेवारी पूरा गर्न लागे मात्रै नया“ वर्ष सार्थक हुनेछ । संस्कारयुक्त र जिम्मेवारीपूर्ण राजनीतिले मात्रै मुलुकलाई निकास दिन सक्छ ।
नया“ वर्षस“गै देशान्तर साप्ताहिकले थप एक खुड्किलो पार गरेको छ । हामी पनि नया“ वर्षमा प्रवेश गरेका छौं । नेपालीहरूको नया“ वर्ष र देशान्तर साप्ताहिकको वार्षिकोत्सवका अवसरमा हामी हाम्रा पाठक, विज्ञापनदाता, शुभेच्छुक, हितैषी तथा देश विदेशमा रहनु भएका आम नेपालीहरूप्रति उन्नति, प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दैछौं । नया“ वर्ष शुभ होस्, सबैको जय होस्, शुभकामना ।