देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसीसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, कतार ३२ रनले पराजित

देशान्तर

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको गर्दै अपराजित यात्रा कायमै राखेको हो ।

साविक विजेत समेत रहेको नेपालले यसअघि शुक्रबार मलेसियालाई ५ विकेटले हराएको थियो ।

नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन मात्र बनाउन सक्यो ।

उसकाल लागि कप्तान मोहम्मद तनवीरले ६३ रन बनाए । त्यस्ते, मोहमद अनाफले २३, अदनान मिर्जाले १९ र ओपनर कमरान खानले १८ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन बनाएको थियो । दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै २१ बलमा ६४ रनको शानदारी इनिङ्स खेले ।उनले अन्तिम ओभरमा कमरान खानको बलिङमा ६ बलमा ६ छक्का हिर्काए । पुरुष टी–२० क्रिकेटमा यो उपलब्धि हासिल गर्ने युवराज सिंह र केइरन पोलार्डपछि उनी तेस्रो खेलाडी बनेका छन् ।