देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसीसी प्रिमियर कपमा युएईको लगातार दोस्रो जित

देशान्तर

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत युएईले लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा युएईले बहराइनलाई ३७ रनले पराजित गरेको हो । 

युएईले दिएको २३७ रनको लक्ष्य पछाएको बहराइनले २० ओभरमा ८ विकेट गुमाउदै १९९ रन बनाएको थियो । यस अघि युएईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर २३६ रन बांएको थियो ।

यो यस प्रतियोगितामा युएईको लगातार दोस्रो जित हो । युएईले यसअघि पहिलो खेलमा कुवेतलाई ७ विकेटले पराजित गरेको थियो ।

यो जितपछि युएईको समुह बि मा २ खेलमा दुवै जितसहित ४ अंक भएको छ ।

समुह अन्तर्गतकै आज सम्पन्न अर्को खेलमा कुवेतले कम्बोडियालाई ८ विकेटले पराजित गरेको छ ।