देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालले पहिले ब्याटिङ गर्ने

देशान्तर

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले शनिबार कतारको सामना गर्दै छ । नेपालले खेलमा पहिले ब्याटिङ गर्ने भएको छ ।

खेल नेपाली समयअनुसार, अपरान्ह ४ः१५ बजे सुरु हुनेछ । प्रिमियर कपको दोस्रो संस्करणमा नेपालको यो दोस्रो खेल हो ।
जारी प्रतियोगितामा नेपाली टोली लगातार दोस्रो जितको खोजीमा छ । यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो ।