देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नयाँ बर्षमा पर्यटकको रोजाई डायमण्ड हिल रिसोर्ट

देशान्तर


काठमाडौँ । नयाँ बर्षको अबसरमा घुम्न र बास बस्न जानेहरुको रोजाईमा परेको छ डायमण्ड हिल रिसोर्ट । प्राकृतिक रूपमा सुन्दर र पर्यटकीय गन्तव्यमध्ये एक काभ्रेपलाञ्चोकको पनौती कुशादेवीमा रहेको रिर्सोटको लोकप्रिय सेवाले अन्तर्राष्ट्रियस्तरमै नाम चलेको छ । अग्र्यानिक खाना यहाँको अर्को बिशेषता हो ।

विदेशी पर्यटकको मुख्य रोजाइमा रहेको डाइमण्ड हिल रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकहरूको मन जित्दा नयाँ बर्ष मनाउन जानेहरुको संस्यामा उल्लेख्य बृद्धि भएको छ । प्रकृति प्रेमीहरुका आकषणको केन्द्र न यहाँबाट आठ वटा सुन्दर हिमशृङ्खलाहरु त यही रिर्सोटबाट अवलोकन गर्न पाइन्छ ।
रात बिताएर विहानको सूर्योदय हेर्न निक्कै रमाउने गर्दछन् पर्यटकहरु । हरियालीकाबीच आफ्नो स्टयान जमाएको रिसोर्टले विहानीपख जङ्गली जनावर जरायो, बँदेल, खरायो, मृग, कालिजलगायत सयौं प्रजातिका चराचुरुङ्गीहरूको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ ।


क्याम्प फायर, डिजे, पिकनिक स्पट, पौडी जस्ता सेवा सुविधा रहेको रिसोर्टमा सभा, सम्मेलन, गोष्ठी, अन्तरक्रियागायतका सुविधासहित हलहरू छन ।
सुविधा सम्पन्न स्वीट, डिलक्स, कोठाहरु र रिसोर्टभित्रै रेष्टुरेन्ट, बार, भान्सा घर रहेका छन् । यहाँबाट हाइकिङका लागि साँगा, लाकुरीभंज्याग, नमोवुध्द, वल्थली, धुलिखेल, आशापुरी, भालेश्वर, नागी डाँडा, गुर्दुम डाँडा, ठूलीपोखरी र रानीकोट नजिकका गन्तव्य हुन ।