देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दिल्ली सरकारका मन्त्रीले छोडे मन्त्री पद र आप पार्टी

देशान्तर

काठमाडौँ । भारतको दिल्ली सरकारका समाज कल्याणमन्त्री राजकुमार आनन्दले मन्त्री पद र आम आदमी पार्टी (आप) बाट राजीनामा दिएका छन् । 

राजीनामा दिदै आनन्दले भ्रष्टाचार विरुद्धको आन्दोलनबाट आम आदमी पार्टीको जन्म भएकोमा आज यो पार्टी आफैं भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाएका छन् । 

साथै उनले दलित विधायक वा पार्षदलाई आम आदमी पार्टीमा कुनै सम्मान नभएको आरोप लगाएका छन् । 

राजकुमार आनन्द सन् २०२० मा पहिलो पटक पटेल नगर सिटबाट विधायक बनेका थिए । यसअघि उनकी श्रीमती वीणा आनन्द पनि सोही विधानसभा क्षेत्रबाट विधायक थिइन् ।