देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विहिबार इदउलफित्रको सार्बजनिक बिदा

देशान्तर

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै ‘इद-उल-फित्र’ विहिबार मनाउने भएपछि सो दिन सार्बजनिक बिदा दिएको छ ।

गृहमन्त्रालयले बुधवार एक सूचना जारी गर्दै विहिबार सार्बजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो ।

नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो ।

यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन् ।