देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेको तर्फबाट घिमिरेको उम्मेदवारी दर्ता

देशान्तर

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेको तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराएकी छन् । संसद भवन बानेश्वरमा पुगेर घिमिरेले उम्मेदवारी दर्ता गराएकी हुन ्।
राष्ट्रियसभा उपाध्यक्षमा माधव नेपाल नेतृत्वको नेकपा एसले दाबी छाडेको छैन । त्यसबारेमा तीन कम्युनिस्ट पार्टीका नेताहरुबीच सहमतिको प्रयास पनि जारी छ ।

यसअघि सत्ता गठबन्धन फेर्ने बेला नेकपा एमाले, माओवादी केन्द्र, जसपा र रास्वपाबीच राष्ट्रिय सभा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो । तर गठबन्धनमा नेकपा एस थपिएपछि सो बुँदा तत्कालका लागि हटाइएको थियो । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा यही २८ गते हुँदैछ।