देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले बिष्णुदेवी पुडासैनीलाई उठाउने

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ ।

मंगलबार विहान बसेको संसदीय दल कार्यसमितिको बैठकले पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पुडासैनी बागमती प्रदेशबाट महिलातर्फ राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी हुन् । राष्ट्रिय सभा उपाध्यक्षका लागि मंगलबार उम्मेदवारको मनोनयन दर्ता गर्ने समय तोकिएको छ ।