देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनमतका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटना

देशान्तर

काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ ।

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खान लगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको बताइएको छ । हाल सांसद खानसहित अन्य घाइतेको धादिङ जिल्ला राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको र थप उपचारका लागि काठमाडौ ल्याउन लागिएको बताइएको छ । उनीसँग गाडीमा को को थिए भन्ने स्पष्ट हुनसकेको छैन ।