देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सूर्यलाई सर्वोत्कृष्ट म्युजिक प्रोड्युसरको अवार्ड

देशान्तर


काठमाडौं । शनिवार सम्पन्न नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८०मा सर्वोत्कृष्ट म्युजिक प्रोड्युसरको अवार्ड सूर्य क्रियशन प्रालिका सूर्यबहादुर मगरले पाएका छन् ।
नेपाली गीत, संगीत कर्मीहरुको सम्मान हाम्रो अभियान’ भन्ने नाराकासाथ कला क्षेत्रमा योगदान गर्ने उद्देश्यले नेप्को इन्टरटेन्मेन्ट प्रालिले पहिलो पटक आयोजना गरेको हो ।

गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमान्न्द झाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गायक हरि गोपाल प्रधानले सर्वोत्कृष्ट राष्ट्रिय भावनाको गीतको अवार्ड हात पार्न सफल भए । गायिका सविनाबुढा मगरले सर्वोत्कृष्ट चाडपर्व गीततर्फको अवार्ड हात पार्न सफल भईन् ।‘धासी पूर्वेली तेर्से भाका’तर्फ गायक धन बहादुर दमाई (दिपक लाखे)ले सर्वोत्कृष्ट अवार्ड पाए भने, सर्वोत्कृष्ट कस्ट्युम डिजाईनरको अवार्ड जानकी थापा मगरले पाइन् । लोक विधातर्फ गायक नेत्र भण्डारीले सर्वाेत्कृष्ट गायकको अवार्ड जिते भने लक्ष्मी रेग्मीले सर्वोत्कृष्ट गायिकाको अवार्ड जितिन् ।


यस्तै, रोम बहादुर श्रेष्ठले नव गायक स्पेश लामिछानेले नव मोडल पब्लिक च्वाईस तर्फ महिला गायिका कमला पोखरेल र पुरुष गायकमा दिप सागर थापाले अवार्ड हात पारे । पप विधातर्फ सर्वोत्कृष्ट संगीतको अवार्ड कल्याण सिंहले पाउदा आधुनिक गीत तर्फ धु्रव खनालले पुरुष मोडल विधाको जुरी अवार्ड पाए । यस्तै, आधुनिक गीततर्फको सर्वोत्कृष्ट संगीतको अवार्ड निरज कुमारल पाउदा आधुनिक मोडल महिलाको अवार्ड स्मारिका ढकालले पाइन् । लाइभ दोहोरी विधातर्फ सर्वोत्कृष्ट गायकको अवार्ड प्रकाश दुतराजले जिते भने तमान खोला लाइभ दोहोरी गायकको अर्वाड जगत बहादुर घर्तीले जितेका छन् । भेरी र कर्णाली लोक गीततर्फ सर्वोत्कृष्ट शब्दको अवार्ड शक्ति चन्दले हात पारेका छन् । यसैगरी लोक गीततर्फ सर्वोत्कृष्ट मोडल पुरुषको अवार्ड शिवम पोखरेल र महिलाको अवार्ड कुशुम शर्माले पाए ।


लोकदोहोरी तर्फ सर्वोत्कृष्ट जुरी अर्वाड बसन्त राज गौतमले पप विधाको जुरी अर्वाड गणेश कुँवरले पाउँदा पदम राईले सर्वोत्कृष्ट आधुनिक पुरुष गायक तर्फको अर्वाड जिते भने आनन्द सिंहले र सुवास श्रेष्ठ प्रधानले पब्लिक च्वाईस अवार्ड हात पार्न सफल भए । शब्द संकलकको अवार्ड मिलन मोक्तानले पाउँदा युवराज छन्त्यालले पनि पब्लिक च्वाईस अवार्ड पाए ।

नेपाल संगीत उद्योग संघका महासचिव तथा कार्यक्रका अध्यक्ष जीत बहादुर रावतले ‘नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड नेपाली मौलिक गीत संगीत, कला संस्कृति एवं साहित्यको संरक्षण सम्बर्द्धन, प्रवर्द्धनका साथै नेपाली मौलिक गीत संगीत क्षेत्रको विकासका निम्ति रचनात्मक तथा सिर्जनात्मक कार्यहरुमा क्रियाशिल रहेर यस क्षेत्रमा क्षेत्रमा योगदान पुरÞ्याउने श्रष्टा, सर्जक, कलाकारलाई कदर गर्नका लागि आयोजना गरिएको बताए ।
कार्यक्रममा बरिष्ठ गीतकार समेत रहेका डा. भोला रिजाल, गायिका शर्मिला गुरुङ ,ख्याम नारायण पौडेल ,कमला श्रेष्ठ ,प्रविण कला राई ,हुम गैरे , देवी हमाल, दिनेश मोक्तान ,उमेश विक ,पूर्ण बहादुर खत्री ,ईश्वर जीसी ,केशवराज पाण्डेलगायत लाई बिभिन्न सम्मानबाट सम्मानित गरिएको थियो ।