काठमाडौं । नेपाली कांग्रेसले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि चुनावी कमाण्डर तोकेको छ । कांग्रेसले इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभाका लागि पूर्वमन्त्री एनपी साउदलाई कमाण्डर तोकेको हो ।
कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ भने बझाङको प्रदेशसभाका लागि अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया