देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजेशको डिभोर्स, रविलाई वैवाहिक बलात्कारको उजुरी

देशान्तर


काठमाडौं । गायक राजेशपायल राई र पत्नी सङबुङ राईबीच सम्बन्धबिच्छेद भएको छ । काठमाडौं जिल्ला अदालतमा चैत १५ गते उनीहरूबीच डिभोर्स भएको हो ।
न्यायाधीश पदमराज पाण्डेको इजलासमा राजेश र सङबुङबीच सम्बन्धविच्छेदका लागि मिलापत्र भएको हो । गायक राईले सम्बन्धविच्छेदको मुद्दा दायर गरेका थिए । तीन वर्षअघि राजेशले गुपचुपमा विवाह गरेका थिए ।
सम्बन्धविच्छेद गर्दै राजेशले आफू बस्दै आएको नक्सालको घर साङबुङको नाममा गरिदिएका छन् । साढे तीन तलाको घर र नगद ५० लाख रुपैयाँ सङबुङलाई दिँदै पछि १ करोड रुपैयाँ दिने लिखित सहमति गरेका हुन् ।
उनीहरूबाट एक छोरा छन् । छोरा करिब दुई वर्षको मात्रै भएको हुनाले डिभोर्सपछि पनि उनलाई आमाको साथमै रहने र पढाइको खर्च राजेशले व्यहोर्ने गरी लिखित सहमति गरिएको छ ।
नक्सालको घर श्रीमतीलाई दिएपछि राजेश शान्तिनगरमा बस्न थालेका छन् । राजेशले अनामनगरको बानेश्वर साइडमा पुल हाउससहितको रेस्टुरेन्ट व्यवसाय सुरु गरेका छन् ।
यता नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनकी श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै रविविरुद्ध उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्ला अदालतको अनुमति लिएर पक्राउ पुर्जी जारी गरेको छ । चैत २० गते ओडकी श्रीमतीले इलाका प्रहरी कार्यालय झलारीमार्फत प्रहरीमा उजुरी दिएकी हुन ।
पक्राउ पुर्जी जारी भएपछि गायक ओडको खोजीलाई तीव्र पारिएको छ । हाल उनी कार्यक्रमको सिलसिलामा जापान रहेको बुझिएको छ ।