देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तीनजनालाई झपट पुरस्कार

देशान्तर


काठमाडौं । झपट पुरस्कार व्यवस्था समितिले यस वर्ष तीनजनालाई ‘झपट पुरस्कार’ प्रदान गरेको छ । कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिए बापत अमरप्राज्ञ कञ्चन पुडासैनीलाई ‘झपट पुरस्कार’ प्रदान गरिएको हो । यसैगरी योगशिक्षा तथा प्राकृतिक चिकित्साका क्षेत्रमा समर्पित मानव स्वास्थ्य सेवाको संवद्र्धनमा उल्लेखनीय योगदान दिए बापत डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नी’लाई ‘यज्ञ केशर पुरस्कार’ प्रदान गरिएको हो । यी दुवै पुरस्कारका राशि जनही एक लाख रुपैयाँ रहेका छन् । नेपाली कथा साहित्यका अमर स्रष्टा गुरुप्रसाद मैनालीका कथाको बक्रोक्ति शीर्षकमा विद्यावारिधि अनुसन्धान सम्पन्न गरी नेपाली समालोचनाका क्षेत्रमा विशिष्ट योगदान दिए बापत प्रा.डा. ऋषिराम शर्मालाई ५० हजार रुपैयाँ रााशिको ‘सैनध्वज नन्दकुमारी शोध पुरस्कार’ प्रदान गरिएको थियो ।
समितिका अध्यक्ष अरुण राणाले कञ्चन पुडासैनी, डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नी’ र प्रा.डा.ऋषिराम शर्मालाई २०८० सालका ‘झपट पुरस्कार’ प्रदान गरेका हुन् । सो समारोहमा समालोचक प्रा.डा.वासुदेव त्रिपाठीले झपट अभिलेखको लोकार्पण गरेका थिए ।
झपट पुरस्कारका संस्थापक यज्ञविक्रम राणाको शत वार्षिकीका अवसरमा सम्पन्न समारोहमा नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाई, झपट पुरस्कार व्यवस्था समितिका उपाध्यक्ष तथा पुरस्कार निर्णायक समितिका संयोजक प्रा. केशव सुवेदी, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्य सचिव रेखा राणाले संस्थाका गतिविधि माथि प्रकाश पारेका थिए ।