देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बझाङ प्रदेशसभाको उपनिर्वाचनमा १२ जनाको उम्मेदवारी दर्ता

देशान्तर

काठमाडौं। बझाङमा प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि १२ जनाको उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङका अनुसार बेलुकी ५ बजेसम्मको समयभित्र १२ जनाको उम्मेदवारी परेको हो ।

उम्मेदवार दर्ता गर्नेमा नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा माओवादी केन्द्रबाट जनक बुढा, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंहले उमेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी राष्ट्रिय मातृभूमि पार्टीबाट विनोदबहादुर थापा, नेपाल मजदुर किसा पार्टीबाट खगेन्द्र बहादुर शाही, नेशनल रिपब्लिक नेपालबाट कमल घर्तिमगर, राप्रपाबाट किशोर कुमार खडका र जनता समाजवादी पार्टीबाट रामबहादुर जाग्री रहेका छन् ।

त्यस्तै नेपाल जनता दलबाट अशोक सुनार, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खडका र जनमत पार्टीबाट सुशीला देबी विष्टको उमेदवारी परेको ।

२०७९ मङ्सिर ४ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।