देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रवि ओडविरुद्ध वैवाहिक बलात्कारको उजुरी

देशान्तर

काठमाडौं । गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको उजुरी परेको छ । ओडविरुद्ध उनकै श्रीमतीले आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै गत २० गते जाहेरी दिएकी हुन् ।
कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत वडपत्नीले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको छ । नेपाल आइडल सिजन–२ का विजेता ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो । उनी अहिलेसम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ ।