देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो एक सय ७५ रनको लक्ष्य

देशान्तर

काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार भएको खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई एक सय ७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ३८.४ ओभरमा एक सय ७४ रन बनाएको हो ।
नेपाली टोलीका बलर साहब आलम र रिजन ढकालले तीन–तीन विकेट लिए । कमलसिंह ऐरीले पनि एक विकेट लिए । आयरल्यान्डले अतिरिक्त रुपमा पनि ११ रन पाएको थियो ।