देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिएको राजिनामा स्विकृत

देशान्तर

काठमाडौं । लुम्बनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिएको राजिनामा स्विकृत गरिएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीले हिजो दिएको राजिनामा आज स्विकृत गरेका हुन् । 

‘नेपालको संबिधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम तपाइले मिति २०८० चैत २२ मा दिनु भएको राजिनामा स्विकृत गरेको छ,’ प्रदेश प्रमुख शेरचनले पठाएको पत्रमा भनिएको छ, ‘यहाँले मुख्यमन्त्रीको रूपमा हालसम्म पु¥याउनु भएको योगदानका लागि धन्यबाद ज्ञापन गर्दछु ।’