देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आयरल्याण्ड उल्भ्सविरुद्ध नेपालको दोस्रो खेल आज

देशान्तर

काठमाडौं । काठमाडौंमा जारी एकदिवसीय शृंखलाअन्तर्गत आज नेपालले आयरल्याण्ड उल्भ्सविरुद्ध दोस्रो खेल खेल्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजेदेखि शुरु हुनेछ।

यसअघि बुधबार भएको पहिलो खेलमा आयरल्याण्डले नेपाललाई २१ रनले पराजित गर्यो । बुधबार खराब प्रर्दशन गरेको नेपाल एलाई आजको खेल जितेर शृंखला बराबरी गर्नुपर्ने दबाब छ ।

शृंखलाको अन्तिम खेल भने आइतबार हुनेछ।

नेपाल ‘ए’ सँगको खेलअघि आयरल्याण्ड उल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो। दुवै खेलमा उल्भ्सल पराजित भएको थियो । तर, नेपाल ‘ए’सँग तीन टी–२० सिरिज हुँदा आयरल्यान्डले २–१ ले जितेको थियो ।