देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले राजीनामा दिए

देशान्तर

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । मुख्यमन्त्री चौधरीले प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका हुन् । बहुमत आफ्नो पक्षमा नहुने भएपछि चौधरीले राजिनामा दिएका हुन् ।
कांग्रेस संसदीय दलका नेता समेत रहेका चौधरी ०८० वैशाख १४ गते माओवादीसहित ८ दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

लुम्बिनीको पाँचौँ मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त हुने भएका छन् । उनलाई एमाले, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसदको समर्थन रहेको छ ।