देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वाइडवडी प्रकरणमा विशेष अदालतमा मुद्दा दायर

देशान्तर

काठमाडौँ । २०७३ साउन देखि १० महिना ४ दिन सरकारको नेतृत्व संहालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा सरकारले खरिद गरेको दुईवटा वाइडवडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा आपूर्तिकर्ता कम्पनीका आठ विदेशी नागरिक र २४ नेपाली छन् ।
आयोगले पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक सुगत कंसाकार, पूर्वपर्यटन सचिव शंकर अधिकारी, अच्युतराज पहाडी, जीवनप्रकाश सिटौला, आपूर्तिकर्तामा बेलायत निवासी दीपक शर्मा ,निगमका तत्कालीन सञ्चालक समिति सदस्यहरू शिशिरकुमार ढुंगाना, बुद्धिसागर लामिछानेसहित ३२ जनालाई प्रतिवादी बनाएको छ । अख्तियारले वाइडवडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ । शाही कांग्रेसका नेता तथा पुर्व मुख्यमन्त्री पनि हुन् ।