काठमाडौँ । तीन दिनको छलफल पछि नेपाली कांग्रेसले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम– २ मा जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै बझाङ प्रदेशसभा १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने पनि निर्णय गरेको छ ।
इलाम–२ र बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको थियो । इलाम– २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच प्रतिष्पर्धा थियो ।
सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए भने नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका थिए । यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको प्रतिष्पधा चलिरहेको थियो । देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका थिए ।
सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बुधबार बिहान उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफल समेत गरेको थियो ।
प्रतिक्रिया