देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विदेशमा बसेका नेपालीहरूका समस्या सम्बोधन गर्न अनलाइन प्रणाली

देशान्तर

काठमाडौँ । बिहिवारबाट विदेशमा बसेका नेपालीहरूका गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत दर्ता गराउन सक्ने गरी नयाँ प्रणालीको शुभारम्भ भएको छ ।


कन्सुलर सेवा विभागले आज मोड्युल (अनलाइन प्रणाली)को शुभारम्भ गरेको हो । नयाँ मोड्युलको अनलाइन प्रणालीको शुभारम्भ गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कन्सुलर सेवा अनलाइनबाटै लिनसक्ने कामको प्रचारप्रसार गर्न नसक्दा विभागमा धाइरहने समस्या रहेको भन्दै व्यापक प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । उनले कन्सुलर सेवा गाउँपालिका, नगरपालिकाबाटै अनलाइन फारम भरेर लिन सकिने उल्लेख गरे । उनले फारम भरेपछि विभागले तत्काल नै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।


उपप्रधनमन्त्री श्रेष्ठले सरल र पारदर्शी ढङ्गले कन्सुलर सेवा हरेकले प्राप्त गर्न सक्ने व्यवस्थाअन्तर्गत नयाँ मोड्युल आजदेखि प्रारम्भ भएको बताए । उनले आगामी एक हप्ताभित्रै मन्त्रालयले विदेशमा रहेका नेपाली श्रमिकहरू घाइते र मृत्यु भएको अवस्थामा उनीहरूको क्षतिपूर्ति सहितको माग दाबीका लागि दूतावास नै पुग्नुपर्ने समस्या घरबाटै गर्न सक्ने गरी व्यवस्था गर्ने पनि बताए ।