देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जसपाले हसिना खानलाई सांसद बनाउने

देशान्तर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले हसिना खानलाई प्रतिनिधिसभा सदस्य बनाउन निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ ।

बिहीबार बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट खानलाई समानुपातिक सांसदका निम्ति सिफारिस गर्ने निर्णय गरिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

यही चैत ४ गते जसपाकी सांसद मञ्जु अन्सारीको निधन भएपछि प्रतिनिधिसभाको समानुपातिकतर्फ एक स्थान रिक्त छ । मुस्लिम क्लस्टरबाट प्रतिनिधिसभा सदस्य बनेकी शहनाज रहमानको ०७९ फागुन १३ गते निधन भएपछि रिक्त स्थानमा अन्सारी सांसद बनेकी थिइन् । अन्सारीको निधन भएपछि रिक्त स्थानमा खान सिफारिस भएकी हुन् ।