देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी केन्द्रले इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका नेम्वाङलाई सघाउने

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रले इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ । माओवादी केन्द्रले आफ्ना उम्मेदवार धिरेन्द्र शर्मालाई नाम फिर्ता लिन लगाएर एमालेलाई सहयोग गर्ने निर्णय गरेको हो ।

एमालेबाट सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जीतबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ, पहिचानवादीबाट डगेन्द्रसिंह थेगिमले उम्मेवार बनेका छन् ।


नेपाली कांग्रेसले भने हाल उम्मेदवार घोषणा गरेको छैन । कांग्रेस संसदीय बोर्डले इलाम–२ मा उमेदवारका सबै आकांक्षीलाई बोलाएर छलफल गरेको छ । कांग्रेसले आजै उमेदवारको टुंगो लगाउनेगरी छलफल थालेको जनाएको छ । इलाम २ मा कांग्रेसका सात जना आकांक्षी छन् । मंगलबार र बुधबार दुई दिनसम्म बसेका औपचारिक बैठक निष्कर्षविहीन रहे ।