काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीशद्व हरि फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि काठमाडौं जिल्ला अदालतको न्यायाधीश गिरीलाई धरौटीमा छोड्ने र त्यसलाई सदर गर्ने उच्च अदालतको आदेश बदर गरेको हो । सर्वोच्चले उनलाई थुनामै राखेर अनुसन्धान गर्न भनेको छ ।
काठमाडौं जिल्ला अदालतबाट भएको आदेशलाई गएको भदौ २१ गते उच्च अदालत पाटनले गिरीलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
प्रतिक्रिया