देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोस्रो जापान नेपाल शैक्षिक तथा व्यापार औद्योगिक अन्तरक्रिया सम्पन्न

देशान्तर

नेपालमा लगानी बढाउन जापानी लगानीकर्ताहरुलाइ आग्रह

काठमाडौं । एरु एकेडेमी ओसाका र क्योउदाइ रेमिटेन्स तथा आइएमईको संयुक्त आयोजनामा दोस्रो जापान नेपाल शैक्षिक तथा औद्योगिक व्यापार अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियामा जापानमा उपलब्ध अवसरहरूलाई उपयोग गर्ने विषयमा छलफल भएको थियो ।
जापान र नेपालका व्यवसायीहरूले जापानको श्रम बजारमा बढ्दो नेपाली जनशक्ति माग र त्यसको आपूर्ति तथा जापान जाने नेपालीहरूलाई सीपमूलक तालिमका विषयमा छलफल गरे । कार्यक्रममा टोकियो स्थित नेपाली दूतावास, फुकुओका अवैतानिक वाणिज्य दूतावास, मोरिकोसान कम्पनी, ओसाका पर्यटन ब्युरो, मानव संसाधन विकास र एसिया औद्योगिक व्यापार निर्माण प्लेटफर्म, कान्साइ अर्थ, व्यापार तथा उद्योग ब्युरो, ओसाका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, ओसाका बिजनेस डेभलपमेन्ट एजेन्सी, स्टडी अब्रोड कन्सोर्टियम ओसाका, क्लब हाउस ग्लोबल रिपब्लिक, नान्काइ रेल्वे कम्पनी लगायतको सहभागिता थियो ।

छलफल कार्यक्रममा अनलाइन र प्रत्यक्ष उपस्थिति गरि जापानबाट ९५ र नेपालबाट ६० भन्दा बढी कम्पनीहरू सहभागी भएका थिए । कार्यक्रमलाई जापानको तर्फबाट एरु एकेडेमीका अध्यक्ष केईइची हासेगावा र माकोतो साकिमुरा, कान्साइ अर्थ, व्यापार तथा उद्योग ब्यूरोका प्रोजेक्ट म्यानेजर हागीहारा दाइसाकुले सम्बोधन गरेका थिए भने नेपालको तर्फबाट जापानका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुबेदी, आईएमई ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले सम्बोधन गरेका थिए।
सम्मेलन २०२४मा सहभागिताका लागि ढकालले जापानी लगानीकर्ताहरुलाई आग्रह गरेका थिए । एरु एकेडेमीका अध्यक्ष केईइची हासेगावाले नेपाल र जापानको लगानी सम्बन्धलाई मजबुत बनाउन छलफल कार्यक्रम आयोजना गरिएको बताए ।
दुई चरणमा गरिएको कार्यक्रमको पहिलो चरणमा जापान नेपाल सम्बन्ध, जापानको श्रम बजारमा बढ्दो नेपाली कामदारको माग र त्यसको आपूर्तिका बारेमा छलफल भएको थियो । त्यसै गरी पछिल्लो समय आक्रामक रूपमा बढिरहेको नेपालीहरूको जनसंख्यासँगै आउने सम्भावित समस्या र त्यसको निराकरणको लागि चाल्नु पर्ने कदम लगायतको विषयमा वक्ताहरूले आफ्नो विचार प्रस्तुत गरेका थिए ।