देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा राजीनामा

देशान्तर

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् ।
फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।
यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा बुधबार (आज) विश्वासको मत लिँदै छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको हिजो बसेको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको थियो । आज ३ बजेको बैठकमा मुख्यमन्त्री शर्माले विश्वास मत लिने कार्यक्रम छ ।

मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि एमालेलाई सत्ता हस्तान्तरण गर्न राजीनामा दिने तयारी छ । उता सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफ्ना सांसदहरूलाई कांग्रेस नेतृत्वकै सरकारलाई विश्वासको मत दिन निर्देशन दिएका छन् ।
हिजो आफ्नो निवास बर्दियामा सुदूरपश्चिमका पाँच मन्त्रीलाई बोलाएर चौधरीले यस्तो निर्देशन दिएका हुन् । भोली सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिँदै छन् ।