देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आइपीएलमा लखनऊको दोश्रो जित

देशान्तर

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा लखनऊ सुपर जायन्ट्सले लगातार दोस्रो जित निकाल्दा रोयल च्यालेन्जर्स बेंग्लुरुले भने लगातार दोस्रो हार व्यहारेको छ । समग्रमा आरसीबीको तेस्रो हार हो भने लखऊले अहिले सम्म एक खेलमा मात्र हार व्यहोरेको छ ।

मंगलबार राति भएको खेलमा लखनऊले आरसीबीलाई २८ रनले पराजित गर्दै तालिकाको चौथो स्थानमा पनि राखेको छ । आरसीबी भने नवौं स्थानमा छ ।

पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो । जवाफमा आरसीबीले २ बल बाँकी हुँदा सवै विकेट गुमाएर १५३ रनमा खेल टुंग्यायो ।

टस हारेर पहिला ब्याटिङ गरेको लनऊले राम्रो सुरुआत गरेको थियो । उसका क्विन्टन डी कक र कप्तान केएल राहुलले ओपनिङ गरेका थिए । पहिलो विकेटको रुपमा राहुल टिमको स्कोर ५३ रन हुँदा २० रन बनाएर आउट भएका थिए । यसैगरी दोस्रो विकेटको रुपमा देवदत्त पडिकल व्यक्तिगत ६ रन बनाएर पभेलियन फर्किदा लखनऊले ८.५ ओभरमा ७३  रन जोडेको थियो । डीकक र मार्कस स्टोनिस मिलेर लखनऊको पारि सम्हाल्दै अघि बढाए ।

तेस्रो विकेटको रुपमा स्टोनिस २४ रन जोडेर आउट भएका थिए । एक छेउँमा टिकेर खेलेका डी कक चोथो विकेटको रुपमा आउट हुँदा लखनऊले ४–१४३ को स्कोर बनाएको थियो । डीककले ५६ बलमा ५ छक्का र ८ चौका प्रहार गरे । अन्त्यमा निकोलस पुरनले २१ बलमा ४० रनको पारि खेल्दा लखनऊले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८१ रनको बलियो योगफल तयार पार्न सफल भयो । आरसीबीका ग्लेन म्याक्सवेलले २ विकेट लिए ।

जवाफी पारिमा आरसीबीले राम्रो सुरुआत गरे पनि अन्त्यमा पारि धरमराएको थियो । लखनऊका मयंक यादव र नभिन उल हकले घातक बलिङ गर्दै आरसीबीको पारि ध्वस्त बनाएका थिए ।

आरसीबीका विराट कोहली २२ रन बनाएर आउट भएका थिए । लगत्तै कप्तान फाफ डु प्लेसिस १९ रन जोडेर रनआउट भए । ग्लेन म्याक्सवेलले खाता नै खोल्न नसक्दा लगातार तीन विकेट गुमाएको थियो । क्यामरन ग्रीनले ९ रन जोड्दा अनुज रावतले ११ रनको पारि खेले ।

यस्तै, महिपाल लोमरोरले १३ बलमा ३३ रनको पारि खेल्दै केही प्रयास गरे पनि असफल भए । भरपर्दा फिनिसिर दिनेश कार्तिक जम्मा ४ रन बनाए पभेलियन फर्किदा मोहम्द सिराजले अन्तिम विकेटको रुपमा १२ रन जोडेर आउट हुँदा आरसीबी १५३ रनमा रोकियो ।

लखनऊका मयंक यादवले ३ तथा नभिन उल हकले २ विकेट लए । आइपीएलमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स भिड्ने छन् ।

Categories