देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नाइट क्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु

देशान्तर

काठमाडौं । टर्कीको एक नाइट क्लबमा आगलागीहुँदा २९ जनाको मृत्यु भएको छ । इस्तानबुलको आवासीय क्षेत्रमा १६ तले भवनको बेसमेन्टमा नाइट क्लब रहेको थियो ।

टर्की समाचार एजेन्सी एन्देलोका अनुसार मंगलबार भएको आगलागीमा २९ जनाको मृत्यु भएको र अझ धेरै मानिसहरू गम्भीर घाइते छन् । दुर्घटना हुँदा यो नाइटक्लब बन्द रहेको र मर्मत कार्य चलिरहेकाले मृत्यु हुनेमा सबै मजदुरहरु रहेको आशंका गरिएको छ । आगो बेसमेन्टको माथिल्लो तलामा पुग्दा त्यहाँ बस्ने केही मानिसहरुको पनि मृत्यु भएको बताइएको छ ।

त्यहाँका गभर्नर दावुत गुलले दुर्घटनालाई षड्यन्त्रको रुपमा आफूले लिएको बताएका छन् । उनले प्रहरीलाई सत्यतथ्य पत्ता लगाउन पनि भनेका छन् । घटनाबारे अनुसन्धानका लागि नाइट क्लबका सञ्चालकसहित ५ जनालाई पक्राउ पनि गरिएको छ ।