देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रन्जिता र रेशमको दोहोरी

देशान्तर


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आगामी २२ र २३ गते काठमाडौंमा डाकिएको बैठक आधिकारिक नभएको बताएकी छन् ।
आज एक सूचना जारी गर्दै बैठक केन्द्रीय सदस्य तथा पदाधिकारीहरूलाई बोलाइएको बैठक आधिकारिक नभएको प्रस्ट पारेकी हुन् । रेशम पक्षका गंगा चौधरीले २३ र २४ गते बैठक आह्वान गरेपछि रञ्जिताले पदाधिकारी र सदस्यहरूलाई पत्र पठाएकी हुन् ।
गंगा चौधरीले महासचिवको हैसियतले पार्टीको महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले सक्कल नागरिकता र मतदाता परिचयपत्र लिएर आउन सुचना जारी गरेका छन् ।
यसैबीच संरक्षक चौधरीले पार्टीको अध्यक्ष आफू रहेको दाबी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डसँग भेट गरेर निस्केपछि सञ्चारकर्मीसँग कुरा गर्दै संरक्षक चौधरीले आफू पार्टीको अध्यक्ष रहेको दाबी गर्दै रञ्जिता निवर्तमान अध्यक्षमात्र रहेको बताए । रेशमले अध्यक्षको विवाद विचाराधीन रहेका कारण फैसला नआएसम्म आफू नै अध्यक्ष रहेको दाबी गरे ।
उनले आफ्नो तर्फबाट रञ्जिता श्रेष्ठ पक्षका कुनै पनि नेतामाथि हातपात नभएको दाबीसमेत गरे । बरु उनीहरूबाटै सुटर ल्याएर पार्टी कार्यालय घेर्ने चेतावनी दिइएको रेशमको भनाइ छ ।