देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादीका पूर्वकमाण्डर कालीबहादुर खाम पक्राउ

देशान्तर

काठमाडौं । १५ वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका माओवादीका पूर्वकमाण्डर कालीबहादुर खाम पक्राउ परेका छन् । कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको हत्या गरेको उनीमाथि आरोप छ ।

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि श्रेष्ठलाई काठमाडौंबाट अपहरण गरी चितवनको शक्तिखोर पु¥याएर हत्या गरिएको खाममाथि आरोप छ ।
उनलाई ठमेलबाट पक्राउ गरिएको हो । खाम माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा सुरक्षा विभागका उपप्रमुख हुन् ।
खामविरुद्ध चीनिया ब्यापारीसँग यार्सागुम्बा व्यापारको ५ करोड रुपैया लुटेको आरोपमा पनि प्रहरीले खोजिरहेको थियो ।