देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आइपीएल :  लगातार तेश्रो जितसहित राजस्थान शीर्ष स्थानमा

देशान्तर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) को १४ औं खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ । प्रतियोगितामा लगातार तेस्रो जित निकालेको राजस्थान अंक तालिकाको शीर्ष स्थानमा छ ।

घरेलु मैदान वागंखडे क्रिकेट स्टेडियममा भएको खेलमा मुम्बईले दिएको १२६ रनको लक्ष्य राजस्थानले १५ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । राजस्थानको जितमा रियान परागले ३९ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले ।

रविचन्द्रन आश्विनले १६ बलमा १ चौकाको सहयोगमा १६ रन बनाए । पराग र आश्विनले चौथो विकेटका लागि ४० रनको साझेदारी गरे । सो साझेदारी नै जितमा निर्णायक बन्यो । जोस बटलरले १६ बलमा १३ तथा कप्तान सन्जस सामसनले १० बलमा १२ रन बनाए । मुम्बईका लागि आकाश मठवालले ३ तथा कउइना मफाकाले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । मुम्बईका लागि कप्तान हार्दिक पान्ड्याले २१ बलमा ६ चौकाको सहयोगमा ३४ रन बनाए । तिलक बर्माले २९ बलमा २ छक्काको सहयोगमा ३२ रन बनाए ।

पान्ड्या र बर्माले ५ औ विकेटका लागि ५६ रनको साझेदारी गर्दै टोलीलाई राम्रो योगफलमा पुर्याउने लक्ष्य राखे पनि पान्ड्यालाई युजभेन्द्र चहलले आउट गराए पछि त्यो साझेदारी तोडिएको थियो ।

टिम डेबिडले २४ बलमा १ चौकाको सहयोगमा १७ रन बनाए । ओपनर इशान किशनले १४ बलमा २ चौका र १ छक्काको सहयोगमा १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

राजस्थानका लागि ट्रेन्ट बोल्ड र युजभेन्द्र चहलले समान ३ तथा नान्र्दे बर्गरले २ विकेट लिए । तेस्रो हार व्यहोरेको मुम्बई अंक तालिकाको पुछारमा रहेको छ ।