देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल ए द्वारा आयरल्याण्ड ए सामु २ सय १४ रनको चुनौती प्रस्तुत

देशान्तर

काठमाडौं । आयरल्याण्ड ए विरुद्धको टी–२० अभ्यास खेलमा नेपाल ए ले आयरल्याण्ड ए सामु २ सय १४ रनको चुनौती प्रस्तुत गरेको छ । सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ब्याटर आरिफ सेखले अर्धशतकको मदतमा आयरल्याण्ड ए लाई उक्त रनको चुनौती प्रस्तुत गरेको हो ।


आरिफले ३० बलमा ३ चौका र ३ छक्काको मद्दामा अर्धशतक पूरा गरेका थिए । खेलमा उनी सतक बनाउन भने ७ रनले चुके । उनले ४८ बलमा ९३ रन जोडदै नट आउट रहे । नेपालले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतीमा २१३ रन जोडेको हो ।