देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बागमतीमा पालैपालो मुख्यमन्त्री बन्ने सहमतिपछि एकीकृत समाजवादीले विश्वासको मत दिने

देशान्तर

काठमाडौं । वागमती प्रदेशमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री पाउने सहमति भएको छ ।

एकीकृत समाजवादीलाई पालैपालो मुख्यमन्त्री दिने सहमति भएसँगै  मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने निश्चित भएको छ ।

यसअघि एकीकृत समाजवादीले नयाँ समीकरणमा आफुले सबै प्रदेश र केन्द्रमा सम्मानजनक भागबण्डा हुनुपर्ने माग राख्दै सो विषयमा सहमति नभएसम्म विश्वासको मत दिन बाध्य नहुने चेतावनी दिएको थियो ।  अब सहमति भएपछि एकीकृत समाजवादीले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने भएको छ । 

बागमती प्रदेश सभामा आज मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचि रहेको छ ।