देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ग्रील तथा स्टील व्यवसायीहरुको फुटबल प्रतियोगितामा सानो भर्‍याङ ठूलो भर्‍याङ इकाई विजयी

देशान्तर

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पुर्वि क्षेत्रिय समितिको आयोजनामा भएको मैत्रिपूर्ण ग्रील तथा स्टील व्यवसायी फुटबल प्रतियोगिता २०८० को पहिलो उपाधि संघको काठमाडौं पश्चिम क्षेत्र अन्तरगत रहेको सानो भर्‍याङ ठूलो भर्‍याङ इकाई समितिले जितेको छ ।
ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पुर्वी क्षेत्र अन्तरगत रहेको कपन इकाईसँग भएको फाइनलमा कपनलाई हराउँदै सानो भर्‍याङ ठूलो भर्‍याङ इकाई समितिले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
प्रतियोगिताको प्रथम हुने टिमलाई पैतिस हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार रहेको थियो भने दोस्रो हुने टिमलाई बीस हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार रहेको थियो ।

प्रतियोगितामा ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं मातहतमा रहेका १४ वटा इकाई समिति, दुई वटा क्षेत्रिय समिति, काठमाडौं जिल्ला समिति र ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल तथा ललितपुर जिल्ला समिति सहित गरि १५ टिमको सहभागिता रहको थियो ।
प्रतियोगिता बुढानीलकण्ठ नगरपालिका कपन, बालुवाखानीमा रहेको कपन स्पोर्टसको फुटसल ग्राउण्डमा सञ्चालन भएको हो । प्रतियोगितामा धेरै टिम सहभागि भएकोले नकआउटको आधारमा खेल खेलाइएको थियो । जम्मा १५ खेलमा प्रतियोगिता सम्पन्न भएको प्रतियोगिताका व्यवस्थापक महेश श्रेष्ठले जानकारी दिएका छन् । प्रतियोगिता अन्तरगतका सबै खेलहरुमा सिनियर (मुख्य) रेफ्रीको रुपमा उत्तरकुमार सुनारले भूमिका निर्वाह गरेका थिए ।
ग्रील तथा स्टील व्यवसायीहरुमा पनि खेलकुद प्रति सकारात्मक भावना जागृत होस भनेर प्रतियोगिता आयोजना गरिएको हुँदा यसलाई निश्पक्ष र मैत्रीपूर्ण बनाउन आयोजक पक्षले महत्वपूर्ण र पारदर्शी भुमिका खेलि रहेको आयोजक संस्थाका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले बताए ।