देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आयरल्याण्ड वोल्भ्सविरुद्ध टस हारेर नेपाल ए ले पहिला ब्याटिंग गर्दै

देशान्तर

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको अन्तिम खेल आज हुदैछ । यस खेलमा आयरल्याण्ड वोल्भ्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । यो सँगै यस खेलमा नेपाल ए ले पहिला ब्याटिंग गर्ने भएको छ ।

आयरल्याण्ड वोल्भ्सले यस अघिका दुवै खेल जितेर सिरिज जितिसकेको छ । आयरल्याण्ड वोल्भ्सले सिरिजको पहिलो खेल २१ रनले जितेको थियो भने दोस्रो खेल ४० रनले जितेको थियो । 

यो सिरिज पछि नेपाल ए ले अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

नेपाल ए को प्लेइङ ११- विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, आरिफ शेख, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री र कमल सिंह ऐरी ।