देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केजरीवाललाई १५ दिनको लागि न्यायिक हिरासतमा पठायो

देशान्तर

काठमाडौँ । भारतको दिल्ली सरकारको मदिरा नीतिमा कथित घोटालाको मुद्दामा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले अप्रिल १५ सम्म न्यायिक हिरासतमा पठाएको छ।

दिल्लीको राउज एभिन्यू अदालतले सोमबार यस्तो आदेश दिएको हो । यसअघि अरविन्द केजरीवाल प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा थिए । ईडीले अदालतमा केजरीवालले सोधपुछ गर्दा सहयोग नगरेको र मोबाइलको पासवर्ड समेत नदिएको बताएको थियो ।

केजरीवलले अदालतमा प्रधानमन्त्री नरेन्द्र मोदीले जे गरिरहेका छन्, त्यो देशका लागि राम्रो नभएको बताएका थिए । केजरीवाललाई दिल्ली सरकारको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो ।