देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहकारी ठगि प्रकरणमा संसदीय समितिको गठन गर्ने कांग्रेसको माग कायमै

देशान्तर

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेको सहकारी ठगी प्रकरणमा छानबिनको माग गर्दै आज पनि संसदमा विरोध गरेको छ ।

संसदको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने भन्दै सहकारी पिडितको कुरा सरकारले नसुनेको आरोप लगाएकी छन् ।

सांसद गौतमले सरकारले सहकारी ठगिको छानबिनलाई प्रभावित गरेको भन्दै संसदीय समितिको गठनको माग गरेकी छन् । उनले संसदीय समिति गठन गर्ने विषयलाई ठुलो विषय नबनाउन आग्रह गर्दै आफु माथि लागेको आरोपलाई प्रष्ट गर्ने यो अवसर समेत हुने उनले आग्रह गरिन । उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी सम्बन्धी आरोपबारे छानबिन नभएसम्म पदबाट राजीनामा दिन आग्रह गरिन् ।
सांसद गौतमले कुनै संलग्नता नभए संसदीय छानबिन समिति बनाउन डराउन नपर्ने बताइन् । गौत्तमले सत्तारुढ दलहरु गृहमन्त्रीलाई गुमाउनुपर्छ भन्ने त्रासमा रहेको बताइन् ।
जे जस्तो भएता पनि आरोप लागेपछि त्यसको पुष्टिका लागि जो कोही तयार हुनुपर्ने उनको भनाइ छ ।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल प्रहरीमा जनपद समूहतर्फ एसपी बढुवा सिफारिस गर्दा सरकारको सुशासनको रटानको धज्जी उडाइएको बताए । सांसद केसीले एसपी बढुवा सिफारिसमा सत्ता गठबन्धन सिन्डिकेट भएको बताए ।
उनले सरकारले करुणाको बहानामा दण्डनीय कसुरमा उन्मुक्ति दिने काम गरेको पनि बताए । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई स्वास्थ्य अवस्था देखाउँदै हाजिर जमानीमा रिहा गरिएको थियो । महरा रिहाइको विरोध हुँदा गृहमन्त्री रवि लामिछानेले राज्यको पनि करुणा हुने बताएका थिए ।