देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अटिजमको कथा भन्ने ‘मीरा : स्याडो अफ अ रेन्बो’

देशान्तर

काठमाडौं । आश्वि फिल्मसले निर्माण गरेको अभिनेत्री तथा निर्देशक तथा अनिता पण्डितद्वारा निर्देशित नेपाली चलचित्र ‘मीरा : स्याडो अफ अ रेन्बो’का पोस्टर सार्वजनिक भएको छ ।

यो चलचित्र बच्चामा देखिने अटिजम र व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा आधारित छ ।
निर्माण पक्षले केही दिनमा ट्रेलर रिलिज गर्ने र लक्षित दर्शकको लागि प्रिमियर शोको आयोजना गर्ने तयारीमा गरेको छ । चलचित्रको रिलिज मिति भने तय भएको छैन् ।
चलचित्रमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको अभिनय छ ।