देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महालेखा परीक्षकमा तोयम राया सिफारिस

देशान्तर

काठमाडौँ । संवैधानिक परिषद्ले महालेखा परीक्षकमा तोयम राया सिफारिस गरेको छ । आइतबार बालुवाटारमा बसेको परिषद्को बैठकले रायालाई सिफारिस गरेको हो ।

राया प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बहालवाला प्रमुख तथ्याङ्क अधिकारी हुन् ।
प्रधानमन्त्री तथा परिषद् अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले अन्य चार संवैधानिक आयोगको नियुक्तिबारे भने निर्णय लिन सकेन । निर्वाचन आयोग, महिला आयोग, मुस्लिम आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगमा एक–एक सदस्य रिक्त छ ।

बैठकमा प्रतिपक्ष दल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना र प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ सहभागी थिए ।