देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आइपीएलमा लखनऊ जायन्ट्सको पहिलो जित

देशान्तर

काठमाडौं । विश्वकै सर्वाधिक चर्चित फ्रेन्चाइज क्रिकेट इन्डियन प्रिमियर लिग आइपीएलमा लखनऊ सुपर जायन्टसले पहिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा लखनऊले पञ्जाव किंग्सलाई २१ रनले पराजित गरेको हो । पञ्जावको भने दोस्रो हार हो ।

पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित ओभरमा ८ विकेट गुमाएर १९९ रन बनाएको थियो । २०० रनको जवाफी ब्याटिङमा पञ्जावले ५ विकेट गुमाएर १७८ रनमात्रै बनाउन सक्यो । पञ्जावका लागि कप्तान शिखर धवन र जोनी बेरिस्टोले उत्कृष्ट सुरुआत गरे पनि जित दिलाउन भने असफल भए ।

पहिलो विकेटका लागि ११.४ ओभरमा धवन र वेरिस्टोको बीचमा १०२ रनको साझेदारी भएको थियो । तर, वेरिस्टो २९ बलमा ४२ रन बनाएर आउट भएपछि पहिलो झड्का लाग्यो । त्यसपछि १२८ रन हुँदा पञ्जावले प्रभासिमरन सिंहलाई गुमायो । उनी ७ बलमा १९ रनको पारि खेलेर पभेलियन फर्किएका थिए ।

त्यसपछि जितेश शर्मा ६ रन बनाएर आउट भएपछि १३९ रन बन्दा तेस्रो विकेट गुमेको थियो । धवन क्रिजमा हुँदासम्म पञ्जाव खेलमा हावी भएका थियो । तर, कप्तान धवन ५० बलमा ७० रनको पारि खेल्दै १६.२ ओभरमा आउट भएपछि लखनऊ खेलमा फर्कियो । उनी आउट हुँदा ४–१४१ को स्कोर भएको थियो ।

लगत्तै साम करण डकआउट भएपछि पञ्जावले आफ्नो पकडबाट खेल गुमाएको थियो । अन्त्यमा लियाम लिभिङस्टोनले २८ तथा सशांक सिंहले ९ रनको नटआउट पारि खेले पनि हार भने टरेन । लखनउका मयंक यादवले ३ तथा मोसिन खानले २ विकेट हात पारे ।

पहिला ब्याटिङ गर्दा लखनऊका लागि क्वीन्टन डीककले ५४ रनको अर्धशतकीय पारि खेल्दा कप्तान निकोलस पुुरनले ४२ रन बनाएका थिए । क्रुनाल पाण्ड्याले ४३ रनको नआउट पारि खेल्दा मार्कस स्टोइनिसले १९ रन जोडे । केएल राहुल १५ रन बनाएर आउट भएका थिए । लखनऊका साम करणले ३ विकेट लिँदा अर्सदीप सिंहले २ विकेट हात पारे ।