देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बस दुर्घटनामा ४५ जनाको मृत्यु

देशान्तर

काठमाडौं । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक ८ वर्षीय बालिकाको जीवितै उद्धार गरिए पनि उनको अवस्था गम्भीर रहेको छ। 

बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया सहरतर्फ गइरहेको तीर्थयात्री बोकेको बस बिहीबार अनियन्त्रित भएर उत्तर पूर्वी लिम्पोपो प्रान्तमा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पहाडमा ठोक्किएर पुलबाट करिब ५० फिट तल खोँचमा बस खसेपछि आगलागी भएको थियो। दुर्घटनामा घाइते एक ८ वर्षीया बालिकाको भने जीवितै उद्धार गरिएको छ । तर, उनको अवस्था गम्भीर रहेको छ ।

घटनापछि त्यहाँ स्थलगत निरीक्षण गर्न पुगेकी यातायात मन्त्री सिन्दिसिवे चिकुंगाले बस दुर्घटनामा परी मृत्यु भएका परिवारप्रति समवेदना प्रकट गरेकी छन् ।