काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हालेका मन्त्रालय प्रभावकारी बनाउनका लागि पार्टी र मन्त्रालयको समन्वय गर्न नेताहरुलाई जिम्मेवारी दिइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पार्टीबाट समन्वय गर्ने गरी केन्द्रीय सदस्य गणेश कार्की, श्रम, रोजगार तथा सामाजिक सुरक्षामा सांसद गणेश पराजुली, युवा तथा खेलकुदमा सांसद असिम शाह र गृह मन्त्रालयमा सह प्रवक्ता प्रतिभा रावललाइ समन्वय गर्ने गरी संयोजक तोकिएको छ ।
प्रत्येक समन्वय समितिको सातामा बैठक बस्ने व्यवस्था गरिएको र प्रत्येक समन्वय समितिमा १२ जना हुने रास्वपाले जनाएको छ । सोमबार, मंगलबार, बुधबार र विहीबार बस्ने गरी समय निर्धारण गरिएको छ ।
प्रतिक्रिया