देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शिखर वार्ताका निम्ति किमलाई जापानी प्रधानमन्त्रीको आग्रह

देशान्तर

काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ताका निम्ति आग्रह गरेको उत्तर कोरियाले जनाएको छ । उत्तर कोरियाली नेता किमकी बहिनीले जापानी प्रधानमन्त्री किशिदाले आफ्ना दाइसँग शिखर वार्ता गर्न अनुरोध गरेको सोमबार पुष्टि गरेकी हुन् ।

लामो समयदेखि चलिरहेको अपहरण विवाद र उत्तर कोरियाको प्रतिबन्धित हतियार कार्यक्रमसहित दुई देशबीचको सम्बन्ध ऐतिहासिक रूपमा तनावपूर्ण छ । तर, किशिदाले हालै सम्बन्ध सुधार गर्ने इच्छा व्यक्त गरेका छन् । प्योङयाङले जापानी प्रधानमन्त्री किशिदाको आग्रहबारे कुनै औपचारिक प्रतिक्रिया दिइनसकेको जनाइएको छ ।

गत वर्ष किशिदाले उत्तर कोरियाली समूहले सन् १९७० र १९८० को दशकमा जापानी नागरिकको अपहरण गरेको घटनालगायत सबै समस्या समाधान गर्न टोकियो इच्छुक रहेको भन्दै आफू बिनासर्त किमसँग भेट्न तयार रहेको बताएका थिए । उत्तर कोरियाली नेता किम यो जोङले जापानी नेतालाई उत्तर कोरिया भ्रमणका निम्ति प्योङयाङले निमन्त्रणा दिन सक्ने गएको महिना संकेत गरेकी थिइन् । उनले जापान अपहरणको मुद्दामा तल्लीन रहे किशिदाको सम्बन्ध सुधार्ने आशा पूरा नहुने बताइन् । किशिदाले केसीएनएको प्रतिवेदनबारे आफूलाई कुनै जानकारी नभएको र त्यसको विषयवस्तुबारे प्रत्यक्ष टिप्पणी नगर्ने सोमबार बताएका थिए । उनले उत्तर कोरियासँगको उच्चस्तरीय वार्तालाई ‘महत्त्वपूर्ण’ भनेका थिए ।

उत्तर कोरियाले सन् १९७० र ८० को दशकमा १३ जापानी नागरिकको अपहरण गर्न समूह पठाएको प्योङयाङले सन् २००२ मा स्वीकार गरेको थियो । जापानमा अपहरणका ती घटनालाई शक्तिशाली र भावनात्मक मुद्दाका रूपमा हेरिन्छ ।

आधिकारिक रूपमा पहिचानभन्दा धेरै अपहरण गरिएको हो कि भन्ने शंका कायमै छ । विश्लेषकले लामो समयदेखि यस विषयमा विवादले किशिदा र किम जोङ उनबीचको शिखर वार्ताको प्रगतिमा बाधा पुग्न सक्ने बताउँदै आएका छन् ।

जापानका पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीले सन् २००२ मा प्योङयाङको ऐतिहासिक भ्रमण गरी किमका पिता किम जोङ इलसँग भेट गरेका थिए । यसले पाँच जापानी नागरिकको फिर्ती र कोइजुमीको अनुवर्ती भ्रमणको नेतृत्व गरेको थियो । तर, अपहरणपीडितका बारेमा स्पष्ट विषय नआउने टोकियोको चिन्ताका कारण कूटनीति चाँडै बिग्रिएको थियो । रासस